दलित किशोर कुटपिट आरोपमा सोलुखुम्बुका दुई युवा पक्राउ

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुमा छुवाछुतको कसुर दुई युवक पक्राउ परेका छन् । सोलुदुधकुण्ड नगरपालिका ९ का १६ बर्षिय किशोर दिपक विश्वकर्मालाई ढोका छोएको निहुँमा कुटपिट गरेको आरोपमा सोही ठाउँका ३१ बर्षिय तारा थापा मगर र २७ बर्षिय श्याम थापा मगरलाई पक्राउ गरिएको हो ।

गत जेठ ३१ गते घरको ढोका छोएको निहुँमा विश्वकमार्माथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा छुवाछुत कसुरमा मुद्दा दर्ता भएको थियो । सोही मुद्धाको आधारमा आरोपितलाई सल्लेरी स्थित आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको विषयमा पिडितले असार ७ गते किटानी जाहेरी दिएपछि आरोपित दुवै जना फरार रहेका थिए । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसान्धान गर्न सोलुखुम्बु जिल्लाअदालतले आदेश दिएको छ ।

उक्त कसुर प्रमाणित भएको खण्डमा जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिना देखि तीन वर्ष सम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार