सृजना चोरी बढ्न थालेपछि प्रतिष्ठानको सक्रियता, रजिष्ट्रारलाई पत्र

  सुमेरु संबाददाता

सोलुखुम्बु – लोक सृजना चोरीका घटना बढ्न थालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सक्रियता बढाएको छ ।

पछिल्लो समय नेपाली लोक तथा मौलिक पर्व विशेषका गीतमा शब्द, संगीत चोरीदेखि विभिन्न विकृती र विसंगती बढ्न थालेपछि नियन्त्रणको माग गर्दै प्रतिष्ठानले प्रतिलिपि अधिकार कानून ऐन रजिष्ट्रारको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

विहिबार प्रतिष्ठानका अध्यक्ष रमेश बिजी सहितको टोलीले कार्यालयकी प्रमुख विष्णुमाया भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । रजिष्ट्रार भट्टराईले पिडितले रजिष्ट्रार कार्यालय या प्रतिष्ठानको केन्द्रीय कार्यालयमा उजुरी दिएमा कानुनी उपचारको प्रक्रिया अघि बढाइने बताइन् ।

ध्यानाकर्षण बुझाउने कार्यक्रममा अध्यक्ष बिजीसँगै प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, उप महासचिब शिव हमाल, केन्द्रीय सदस्य पिएन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

यसअघि विकृत सृजना रेकर्डमा रोक लगाएको र सृजना चोरीको आरोपपछि छलफलबाट मेलमिलाप गराएको थुप्रै उदाहरण रहेका छन् । लामो समय देखि गीत संगीतमा सेन्सर लगाउन बार्ड स्थापनाको आवजा उठेपनि सरकारको ध्यानाकर्षण भएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार