सोलुखुम्बुका जनप्रतिनिधिले भने ‘प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यालय नसारियोस्’

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुका जनप्रतिनिधिहरुले कृषि मन्त्री घनश्याम भुषाललाई भेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाईको कार्यालय यथावत राख्न आग्रह गरेका छन् ।

ओखलढुंगा र सोलुखुम्बुलाई कार्यक्षेत्र बनाएर मुख्य कार्यालय ओखलढुंगा सार्ने तयारी भइरहेको बेला प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले कृषि मन्त्री भुषाललाई भेटेर कार्यक्रम संचालन र कृषकहरुलाई समन्वयको हिसावले निकै गाह्रो हुने भएकाले परियोजना कार्यान्वयन इकाईको कार्यालय यथावत राख्न आग्रह गरेका हुन् ।

भेटमा मन्त्री भूषालले कार्यालय सोलुखुम्बुमा नै यथावत रहने गरी व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको संघीय सांसद हेम कुमार राईको सचिवालयले जनाएको छ । सोलुखुम्बुमा किवि, सुन्तला र अदुवा वेसारको जोन कार्यक्रम संचालनमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार