सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले पठनपाठन थाल्ने

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सामुदायीक विद्यालयमा पठनपाठन सुचारु गर्ने भएको छ । विहिबार बसेको गाउँ शिक्षा समितिको वैठकले कोरोना कहरका कारण प्रभावित बनेको शैक्षिक संस्थाहरु आगामी साउन २२ गते देखि संचालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

कोरोना संक्रमण हुन नदिन उच्च सर्तकता अपनाएर पठनपाठन सूचारु गरिने गाउँपालिकाले जनाएको छ । पठनपाठनका लागि साउन ५ गते भित्र जिल्ला बाहिर रहेका शिक्षक तथा कर्मचारी विद्यालय वा प्रध्यानाध्यापकको सम्पर्कमा आउने र १४ दिन होम क्वारेन्टीनको बसाइपछि पठनपाठनमा लाग्ने निर्णय गरिएको अध्यक्ष राईले बताए ।

विद्यालय संचालन गर्दा सामुदायीक दुरी अनिवार्य कायम गर्ने र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको खाजामा जंङफुडको प्रयोगलाई कडाईका साथ निरुत्साहित गर्ने र गराउने गरि विद्यालयलाई परिपत्र गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ शिक्षा समितिको वैठकले हरेक सामुदायीक विद्यालयहरुले वडा शिक्षा समितिसंग समन्वय गरी परिस्थिती र सुरक्षा सावधानीको विषयमा अभिभावकहरुलाई अभिमुखिकरण गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार