यस्तो बनोस्, सोलु कांग्रेस

  विद्यार्थी नेता, बाबुराम आचार्य

सोलुखुम्बु – दुई धारमा विभाजित सोलुखुम्बु जिल्लाको नेपाली कांग्रेस एक भएर अघि बढोस् भन्ने चाहना आम कांग्रेस शुभचिन्तकको भएपनि नेताहरुले लामो समय देखि विभाजितको राजनिति गर्दै आएका छन् । यो यर्थाथ परिस्थितीमा नेपाल विद्यार्थी संघ सोलुखुम्बुका पुर्व अध्यक्ष बाबुराम आचार्य कांग्रेस सोलुखुम्बुमा सुधारको अपेक्षा राख्छन् । विद्यार्थी नेता आचार्य भन्छन्, यस्तो होस् सोलु कांग्रेस

१. लोकतान्त्रिक पद्धति निर्वाचनवाट आएको छ, जिल्ला समिति । सभापतिले आफुसङ्ग दोस्रो मत ल्याएको नेतालाई सल्लाहकार तोक्नु भएको छ । समयमै सवै विभाग सहमतिमा गठन भएका छन् ।

२. कुनै पनि भातृ र सुभेच्छुक संस्थामा विवाद छैन् । उनीहरु स्वतन्त्र ढङ्गले काम गरिरहेका छन् । कार्यक्रम चलाईरहेका छन् ।

३. व्यवस्थित वेवसाइट छ । जसवाट सवै आधिकारिक धारणा सार्वजनिक गरिन्छ । त्यहाँ सवै क्रियाशिल सदस्यहरु, भातृ र शुभेच्छुक संस्थाका सवै सदस्यहरुको नाम ठेगाना र फोन नम्बर अद्यावधिक गरिएको छ ।

४. जिल्ला अफिसको व्यवस्थित सञ्चालन छ । कार्यालय सचिव नियमित रूपमा सवै वडाका अध्यक्षहरुसग सम्पर्क गर्छन् र सुचना टिपोट गरि जिल्ला समितिमा पेस गर्छन् ।

५.मासिक रुपमा जिल्ला समितिको वैठक वस्छ र घोषणापत्र जारी गर्छ । वैठकमा मासिक उपलव्धिको छलफल पनि हुन्छ ।

६. मासिक कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुन्छ । सवै स्थानीय तहमा प्रशिक्षण विशेष स्कुल स्थापना गरेको छ । जहाँ विज्ञहरू आएर पढाउछन् कार्यकर्ता सवै आएर पढ्छन् । त्यहाँ नेपाली काङ्ग्रेसको नीति, आदर्श, योजना, ईतिहास, रणनीति, प्रविधि प्रयोग, राष्ट्रिय एजेन्डा वदलिदो परिस्थिति र घट्नाक्रमको वारेमा सवै जानकारी गराईन्छ । केन्द्रमा के भईरहेको केन्द्रीय प्रतिनिधिले जानकारी गराउछन् ।

७. प्रशिक्षण कार्यक्रम पछि समाजमा सकरात्मक उर्जा दिन वजार स्कुल सरसफाई वा सडक वाटोघाटो निर्माण मर्मत जस्ता काममा श्रमदान गर्छन र कार्यकर्ता छुट्छन् ।

८. पार्टीको आधिकारिक धारणा वनाउनु अगाडि व्यापक छलफल हुन्छ र सवैको भावना समेटिएको विज्ञप्ति प्रवक्ता मार्फत जारी गरिन्छ ।

९. क्रियाशिल सदस्यता वितरण फराकिलो वनाईएको छ । व्यापक छलफल गरि पाउन योग्य सवैलाई दिईएको छ ।

१० संघ, प्रदेश र स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट हुने उम्मेदवारहरु संवन्धित क्षेत्रका क्रियाशिल सदस्यहरुको गोप्प मतदानवाट टुंगो गरिएको छ । यसले टिकटका लागि गरिने सवै चाकडी लाई समाप्त गरेको छ ।

११. चुनावको परिणाम जे भएपनि चुनावी घोषणापत्र अनुरुपको काम गरि रहेको छ ।

१२. टोलटोलमा पुगेर व्यापक जनसहभागीतामा विकास निर्माणका योजना छनौट गरिएको छ । ती योजना प्राथमिकतामा पार्न सम्वन्धित वडा समिति दवाव दिईरहेका छन् ।

१३. जिल्लाका सवै विकास निर्माणका योजना आयोजनाहरुमा कत्ति भ्रष्टाचार भएको छ कि छैन् त्यसको स्पष्ट तथ्यांक पार्टी संग छ, त्यहाँ खवरदारी गरिरहेको छ ।

१४. पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु नियमित पार्टीको फोरमा छलफल गर्छन र कार्ययोजना वनाउछन । उनीहरु पार्टीका तर्फबाट आएका सुझावलाई प्राथमिकतामा राख्छन् ।

१५. प्रविधिको प्रयोगमा सवै जानकार छन्, नजानेकालाई नेविसंघ र शिक्षक संघले सिकाउने अभियान नै चलाएका छन् ।

१६. स्थापनाकालदेखि हालसम्म जिल्ला पुगेका सवै केन्द्रीय नेताहरू र कार्यक्रममा उनीहरुले वोलेका र जनतालाई दिएको आश्वासनको अभिलेखिकरण गरिएको छ । चुनावी घोषणापत्र वनाउदा ती बुँदाहरु समेटिएको छ ।

१७. ६–६ महिनामा जिल्ला सम्मेलन गरिन्छ, जहाँ केन्द्र देखि वडा सम्मका सवै कार्यकर्ता भेला भएर व्यापक छलफल गरिन्छ । धेरैले फरकफरक मत राख्छन र वृहत् छलफलवाट सामुहिक निर्णय गरिन्छ ।

१८. आमसभा जस्ता जनस्तरका कार्यक्रममा निश्चित वक्ता र निश्चित विषयवस्तु छनौट गरिएकाले कार्यक्रम स्तरिय भएका छन । सरल भाषामा वक्ताले विषयवस्तु प्रष्ट पार्छन् ।

१९. पार्टीले छुट्टै एउटा विपद कोषको स्थापना गरेको छ । जुन, कोषवाट जटिल समस्यामा परेका र विपन्न नागरिकलाई पार्टीको तर्फबाट संस्थागत राहत वितरण गरिरहेको छ ।

२०. नेता कार्यकर्ता कुनै न कुनै व्यवसायमा संलग्न छन्, जहाँवाट उनीहरु आफ्नो खर्च व्यवस्थापन गर्छन् ।

२१. कुनै पदमा रहदा भष्टाचार गरेमा वा पार्टीको विधान विपरित कार्य गरेको प्रमाणित भएमा घट्नाको प्रकृति हेरि पार्टीवाट निस्कासन सम्मको कारवाही गरिन्छ ।

२२. पद प्राप्ति प्रतिष्ठा मात्र हैन्, जिम्मेवारी पनि हो भन्ने सवैले ख्याल गरेका छौ । हाम्रो जिम्मेवार भुमिकाले नै हामी जनस्तरमा लोकप्रिय भईन्छ भन्ने राम्रोसँग ख्याल गर्दछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार