लोक संगीत सहकारीको शेयर आब्हान

  सुमेरु संबाददाता

सोलुखुम्बु – ‘आजको वचत, भोलिको भविष्य’ भन्ने मूल उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालले शुरु गरेको लोक संगीत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयर सदस्यता वितरण शुभारम्भ गरेको छ ।

विहिबार प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीले एक लाखको संस्थापक शेयरवापत एक लाख जम्मा गरेर शेयर सदस्यता खरिद प्रक्रिया शुरु गरिएको सहकारी संचालक तदर्थ समितिका अध्यक्ष चन्द्र शर्माले जानकारी दिए । बिजी नेतृत्वको कार्य समितिले शुरु गरेको सहकारीको अवधारणा दु्रत गतिमा अघि बढाइदै छ । विहिबार देखि शेयर आब्हान गरेको सहकारीको अबको ३ महिना भित्र साधारण सभा गरिने समितिका अध्यक्ष शर्माले बताए ।

‘संस्थापक शेयर भनेर एक लाख राखेका छौ । संस्थागत शेयरका लागि ३० हजार तोकेका छौ भने व्यक्तिगत शेयर न्यूनतम १० हजार राखेका छौ ।’ सहकारी संचालक तदर्थ समितिका अध्यक्ष शर्माले भने, ‘प्रतिष्ठानमा आवद्ध कलाकारबाट संकलित पूँजीलाई विज्ञको समूह गठन गरि ऋण परिचालन गर्नेछौ । जस्ले कलाकर्मीकै हितमा योगदान गरोस् ।’ सहकारीको अवधारणाले कलाकारहरु बुढेशकालमा भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पु¥याउने आशा राखिएको उनले बताए ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आफ्नो कार्यकालमा बचत र लगानीको हिसावले पनि गोलबन्द गर्न पाउदा खुसी व्यक्त गरे । उनले भने, ‘हामी सबैको सपना थियो, कलाकारकै हितमा काम गर्ने सहकारीको स्थापना, जुन आज पुरा भएको छ । साथीहरु सहकारी हाँक्नका लागि लागि पर्नुभएको छ ।’ सहकारीको माध्यमबाट गाउँ शहरका कलाकर्मीलाई समेट्ने तयारीमा रहेको अध्यक्ष बिजीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार