‘मूलको पानी’ (भिडियो सहित)

  सुमेरु संबाददाता

सोलुखुम्बु – (राइ इज किङ) राजेश पायल राईको स्वरमा सुमधुर आधुनिक गीत ‘मूलको पानी पिउन नपाई’ सार्वजनिक गरिएको छ ।

डाइमण्ड राईको गीत, शिवसंगम राईको संगीत र धर्मराज पोखरेलको निर्माणमा तयार भएको गीतको भिडियो डिजिटल बजारमा उपलब्ध छ ।

धर्मराज पोखरेल र नेपाली संगीत घरबाट एकैसाथ शनिबार रिलिज गरिएको गीतको भिडियोमा गायक राई स्वयम्ले भिडियोमा अभिनय गरेका छन् । उनीसंग रोशनी ढुंगाना (तारा)ले मोडलिङ गरेकी छिन् ।

शंकर विसीले निर्देशन गरेको भिडियो सम्पादन नविन घर्ति मगरले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार