सोलुखुम्बुको सोताङबाट लाखौ नगद सहित ४ जुवाडे पक्राउ

  सुमेरु संबाददाता

सोलुखुम्बु – करिब १४ लाख ६५ हजार नगद, २९ लाखको चेक र ३ बुङ तास सहित सोलुखुम्बुको सोताङबाट ४ जना जुवाडे पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटेको प्रहरी टोलीले सोताङ गाउँपालिका ५ को एक घरमा जुवातास खेलिरहेका सोताङ गाउँपालिका २ का दुर्गा खालिङ राई र दुर्गा प्रसाद राई तथा थुलुङ दुधकोशी गाउँपालिका ७ का दिपक किराँती र फ्रेमराज खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

उनीहरुलाई मंगलबार दिउँसो ३ बजेको पेरिफेरीमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरिक्षक अनिल मावोहाङले जानकारी दिए । पक्राउ परेका ४ जुवाडेलाई सल्लेरी ल्याइदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार