महायज्ञले दिएको ‘समानता’को सन्देश

  शिखर जंग श्रेष्ठ

सोलुखुम्बु, चैत्र १७

‘नेपालको संविधान २०७२’ले मूलुकलाई छुवाछुत तथा भेदभाव मुक्त घोषणा गरेपनि तल्लो तहमा अझैपनि छुवाछुत र विभेद कायमै रहेको छ । यहि यर्थाथलाई मध्यनजर गर्दै थुलुङ दुधकोशी गाउँपालिकाले छुवाछुत मुक्त वडा घोषणा अभियान शुरु गरेको छ । वडा नं ९ लोखिमलाई यसअघि नै छुवाछुतमुक्त वडा घोषणा गरिसकिएको छ ।

गाउँपालिकाले दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि चैत्र २ देखि ९ सम्म मुक्लिमा सम्पन्न श्रीमत भागवत ज्ञान महायज्ञले लक्ष्यको ५० प्रतिशत आर्थिक संकलन गर्न सफल भयो । त्योसंगै महायज्ञले समानतामूलक समाज निर्माणको लागि पनि योगदान दिएको सरोकारवालाले बताएका छन् ।

कतिपय ठाउँबाट महायज्ञमा दलित समुदायलाई पुजापाठमा रोक लगाएको खबर आमसञ्चारमा आईरहेको बेलामा मुक्लिमा आयोजित महायज्ञमा भने कुनै किसिमको विभेद गरिएन । अधिकांश थुलुङ राई जातिको बाहुल्यता रहेको गाउँपालिकामा ब्राहृमण, क्षेत्री, गुरुङ, तामाङ, नेवार, माझी, कामी, दमाई, जोगी, सार्की, भूजेल लगायतका जातिको बसोबास रहेको स्थानमा गरिएको धार्मिक कार्यमा एकैथलोमा बसेर कथा सुने । गक्ष अनुसार दान गर्ने काम भयो । कलशयात्रा देखि अन्तिम दिनको पुजापाठसम्म पनि दलित र गैरदलित मिलेर महायज्ञ सफल पारे । यो कार्यलाई आमनागरिकले सकारात्मक रुपमा ग्रहण गरेका छन् ।

पण्डित दिनवन्धु पोखरेलले धार्मिक कर्मले समानतामूलक समाज निर्माणका लागि भूमिका लेखेको बताए । उनले भने, ‘धारणा परिर्वतनमा महायज्ञ माध्यम बन्न सफल भयो ।’ उनले अस्पताल निर्माणको लागि अर्थ संकलन र धारणा परिर्वतन दुवै सामाजिक काम सफल भएको बताए । प्रतिनिधि सभाका सदस्य हेम कुमार राई ‘सुरवीर’ले महायज्ञले बहुजाति बीचमा सामाजिक सद्भाव बृद्धिमा अतुलनीय योगदान पु¥याएको टिप्पणी गरे । ‘समाजमा अझैपनि विभिन्न प्रकारका विभेद विभिन्न प्रकृतिमा देखा पर्दै आएको छ ।’ सांसद राईले भने, ‘विभेद र छुवाछुतका विचार बोक्ने जुनसुकै जातिलाई पनि समानताको सन्देश फैलाउन सहयोगी बन्यो ।’

‘महायज्ञले गाउँपालिकामा सार्वजनिक स्थानमा कुनैपनि किसिमको विभेद नरहेको सन्देश दिन सफल भयौ । यस कोणबाट पनि धार्मिक काम सफल भएको मानेका छौ ।’

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सम्पुर्ण जातिले देखाएको धार्मिक सहिष्णुताकै कारण महायज्ञ सम्पन्न भएको बताए । उनले भने, ‘महायज्ञले गाउँपालिकामा सार्वजनिक स्थानमा कुनैपनि किसिमको विभेद नरहेको सन्देश दिन सफल भयौ । यस कोणबाट पनि धार्मिक काम सफल भएको मानेका छौ ।’ गाउँपालिका उपाध्यक्ष सविता राईले धार्मिक कार्यको दोस्रो महत्वपुर्ण उद्देश्य समानताको सन्देश प्रवाह गर्ने थियो, त्यो पुरा भएको बताईन् । कार्यपालिका सदस्य गोपाल विश्कर्माले महायज्ञमा गरिएको समान व्यवहारले सम्पुर्ण दलित समुदाय खुसि भएको बताए । ‘दलित र गैरदलितको कोशिसबाट महायज्ञ सफल पार्न सफल भयौ ।’ उनले भने,

पहिलो कार्यकालमा नै गाउँपालिकाको ९ वटै वडालाई छुवाछुतमुक्त घोषणा सहित अघि बढेको गाउँपालिकाले दलित समुदायका नागरिकहरुले बताएका छन् । तर दलितले दलितलाई गर्ने व्यवहार झन् पेचिलो हुनुलाई चुनौतिको रुपमा लिईएको छ । गैरदलितले दलितलाई गर्ने व्यवहारमा उल्लेख्य सुधार आएपनि दलितदलित बीचको विभेदीय व्यवहारमा तलमाथी नभएको स्वयम् दलितअधिकारकर्मीहरु स्विकार्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार