आत्महत्या गरेका विद्यार्थीका परिवारलाई रीड नेपालको सहयोग

  सुमेरु संबाददाता

सोलुखुम्बु – रीड नेपालले आत्महत्या गरेका विद्यार्थीका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

शुक्रबार सोलुखुम्बुको सोताङ गाउँपालिका ३ का स्वर्गीय विद्यार्थी मदन बस्नेतका परिवारलाई २१ हजार दुई सय बराबरको चामल, दाल, तेल, चिनी लगायतका खाद्यान्न प्रदान गरिएको रीड नेपालका सामुदायिक परिचालक समिक्षा बस्नेतले जानकारी दिइन् ।

सोताङ आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी बस्नेतले गत असार २० गते आत्महत्या गरेका थिए । रीड नेपालले नमूना विद्यालयका लागि काम गरिरहेको उक्त विद्यालयमा अध्ययनरत उनी र उनको परिवार विपन्न भएकै कारण खाद्यान्न सहयोग गरिएको शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार