सोलु खोलामा पानीको वहाव बढ्यो, अवस्था पहिचानका लागि स्थानीय परिचालन

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलु खोलामा पानीको सतह बढेको छ । शुक्रबार विहान करिब ३ बजेको पेरिफेरीबाट पानीको सतह बढेको हो । तुइनटार लघुजलविद्युत आयोजनामा कार्यरत प्राविधिक रमेश बास्तोलाका अनुसार २० देखि ३० प्रतिशत सम्म पानीको वहाव बढेको छ ।

मुढासहित लेदो पानी आएपछि सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत उत्पादन प्रक्रिया बेलाबेलामा समस्या आएको छ । निरन्तर लेदो सहितको धमिलो पानी आएकाले बेलाबेलामा विद्युत उत्पादन प्रक्रियामा अबरुद्ध आएको कम्पनीका एक प्राविधिकले बताए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले खोलामा लेदो सहितको पानी आएपछि माथिल्लो क्षेत्रको स्थानीयसंग बुझ्ने कोशिस भइरहेको बताएको छ । दुधकुण्ड पोखरी क्षेत्रमा साना पोखरी फुटेको वा पहिरो गएको हुनसक्ने आशंका गरिएपनि निक्यौल नभएको प्रहरी निरिक्षक मन्दिप चौहानले बताए ।

जोखिम हुनसक्ने भन्दै सोलुखोला किनारका वस्तीमा सावधानी अपनाउन सूचना जारी गरेको प्रहरीले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले माथिल्लो भेगका स्थानीयलाई अवस्था बुझ्नलाई पठाएको बताए । उनले भने, ‘ग्लेशियर फुटेको हुनसक्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी विनोद गौतमले दुधकुण्ड पोखरी फुटेको बजार हल्ला सत्य नभएको बताए । उनले भने, ‘नआत्तिऔँ, सावधानी जरुर अपनाऔँ ।’

सोलु खोलामा पानीको सतह बढेपछि ….

सोलु खोलामा पानीको सतह बढेपछि ….

Gepostet von Sumerunews am Donnerstag, 6. August 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार