प्रदेश ‘ख’ सभापति शेर्पा कांग्रेसकाे वन वातावरण तथा विपद ब्यवस्थापन विभागमा मनाेनित

  सुमेरु संबाददाता

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता तथा प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा कांग्रेसको वन, वातावरण तथा विपद व्यवस्थापन विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

कांग्रेसको विधान २०१७ (संशोधन)को धारा २५ को (९)को प्रावधान अनुसार पार्टी सभापति देउवाले सोलुखुम्बुका नेता शेर्पालाई विभागको केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।

मनोनयनपछि शेर्पाले कांग्रेस नेतृत्वलाई आभार प्रकट गर्दै प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने अठोट व्यक्त गरे । उनले भने, ‘पार्टीको नीति अनुरुप सक्रियताका साथ विभागीय जिम्मेवारी पूरा गर्नु मेरो दायित्व हुनेछ ।’

शेर्पाले लामो समयदेखि राजनिति संगै समुदाय विकास तथा समाजसेवामा सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार