सोलुखुम्बुबाट युटुब सिरिज ‘गज्जवको लभ स्टोरी’को थालनी

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुबाट युटुब सिरिज ‘गज्जवको लभ स्टोरी’ निर्माण हुने भएको छ । ‘स्कुल अफ लाइफ’ सस्थाले युटुब सिरिजको रुपमा पहिलो पटक निर्माणको काम थालनी गरेको हो ।

सल्लेरी आसपास छायांकन गरिने सिरिजमा मुख्य कलाकारको भुमिकामा बारिस सोना, समिता तामाङ र मिङमा लमु शेर्पा रहनेछन् । जीवन थापा, इमान राई, छिरिङ शेर्पा, दावा रिन्जी शेर्पा, ममता राई, अन्जना श्रेष्ठ, स्लेसा राजभण्डारी, पासाङ डोमा तामाङ र जक्स तामाङ लगाएतका कलाकारहरुको भुमिका पनि रहनेछ ।

‘स्कुल अफ लाइफ’ युटुब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिने युटुब सिरिजको छायांकन शुरु भइसकेको छ । राजु श्रेष्ठको कथामा निर्माण हुने सिरिजको सुनिल गुरुङले निर्देशन गर्नेछन् । सह–निर्देशकको भूमिका आसिस तामाङले निर्वाह गर्नेछन् । समसामयिक विषयमा उत्पादन हुने सिरिजमा शिर्ष गायन एवं संगित विशेष खालिङको रहनेछ ।

सिनेम्याटो ग्राफर आप्पा शेर्पा रहेका छन् भने प्रोडक्सन डिजाईनर एलिसा मगर र ‘ज्ञानी ज्ञा’को प्रोडक्सन रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार