कांग्रेसको केन्द्रीय विभागमा सोलुखुम्बुका ६ मनोनित

  सुमेरु संबाददाता

सोलुखुम्बु – नेपाली कांग्रेसको केन्द्रीय विभागहरुमा सोलुखुम्बुका ६ जना मनोनित भएका छन् । पार्टी सभापति शेर बहादुर देउवाले विधान २०१७ (संशोधित) को धारा २५ (९) बमोजिम गरेको मनोनयनमा सोलुखुम्बुबाट भिन्न ५ विभागका सदस्यमा ६ नेता मनोनित भएका छन् ।

वन, वातावरण तथा विपद व्यवस्थापन विभाग सदस्यमा कांग्रेस सोलुखुम्बुका यूवा नेता तथा प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा, उद्योग व्यापार विभाग सदस्यमा कांग्रेस नेता तथा उद्योगी प्रकाश सिंह कार्की, स्थानीय तह समन्वय विभागमा कांग्रेस सोलुखुम्बुका नेता गणेश बस्नेत, कांग्रेस नेता आङछिरिङ शेर्पा र सुर्य बहादुर कुलुङ आदिबासी जनजाती विभागमा मनोनित भएका छन् ।

राज्य प्रशासन विभाग सदस्यमा नेता रोशनबाबु थुलुङ राई मनोनित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार