संकटको सारथी बन्दै लोरेन नेपाल

  सुमेरु संबाददाता

सोलुखुम्बु – जिल्लाभर करिब तीन सय बालबालिकालाई शिक्षा आर्जनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको लोरेन नेपाल (फ्रान्स)ले छात्रवृत्तिमा अध्ययन गरिरहेका बालबालिकाको परिवारलाई राहत स्वरुप खाद्यान्न वितरणलाई निरन्तरता दिएको छ ।

यसअघि काँकु, बासा क्षेत्रका ७६ परिवार, नेले र सेर्कासिङका १६ परिवारलाई राहत वितरण गरिसकेको लोरेन नेपालले शुक्रबार लुरा र रोसीका १५, तामाखानीका १०, गार्मा, फाप्लु र सल्लेरी स्थित ह्वाइहिल्स बोडिङमा अध्ययनरत ५–५ जना विद्यालयका परिवारलाई एक–एक बोरा चामल र तेल वितरण गरिएको जिल्ला संयोजक पेम्बा दोर्जी तामाङले जानकारी दिए ।

सोलुदुधकुण्ड नगरपालिकाकी प्रवक्ता शारदामाया तामाङले खाद्यान्न वितरण गरेकी हुन् । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तथा हिमालयन विकास संस्थाका अध्यक्ष मिङमार दोर्जी शेर्पा, सामना महिला संस्थाकी अध्यक्ष टंकीमाया बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

लोरेन नेपालका अध्यक्ष निमा शेर्पाले शिक्षा आर्जनमा छात्रवृत्ति दिदै आएको परिवारमा कोरोना कहरको समयमा घर चलाउन सजिलो होस् भन्ने द्येयले खाद्यान्न वितरण गरेको बताए । स्थानीय स्तरमा हिमालयन विकास संस्थाको सहजीकरणमा राहत वितरण गरिरहेको लोरेन नेपालले टाक्सिन्दु, रिङमु र हेवाका छात्रवृत्ति लिइरहेका परिवारलाई निकट भविष्यमै राहत वितरण गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार