दुधकोशीमा पौडी खेल्ने क्रममा वेपत्ता

  सुमेरु संबाददाता

सोलुखुम्बु, चैत्र १८

दुधकोशीनदिमा पौडि खेल्ने क्रममा जुबुका एक युवा बेपत्ता भएका छन् ।

सोमबार दिउसो करिब १.३० बजेद्यामीटार स्थित नदिमा पौडी खेल्नेक्रममाथुलुङ दुधकोशी गाँउपालिका ४ जुबु खन्याखर्कका २५ वर्षिय भरत चर्मकारलाई बगाएको प्रहरीले जनाएको छ ।

वेपत्ता चर्मकारको खोजी खोटाङ प्रहरीले गरिरहेको प्रहरी नायव उपरिक्षक राज कुमार केसीले जानकारी दिए । उनकोे एक छोरा, दुई छोरी रहेको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका वडाध्यक्ष नातिकाजि गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार