माप्य दुधकोशी गाउँपालिकाले भन्यो, ‘भ्रष्टाचार मुद्धा परेको भन्दै गलत प्रचारबाजी गरियो’

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा परेको भन्दै एक अनलाइन पार्टेलले प्रकाशन गरेको भ्रामक प्रचारबाजीप्रति गाउँपालिकाले आपत्ती जनाएको छ । गाउँपालिकाका प्रवक्ता तेज बहादुर थापा मगरद्धारा जारी प्रेस विज्ञप्ती मार्फत गत आर्थिक वर्षमा परेको उजुरीलाई नै आधार मानी भ्रम सिर्जना गर्ने गरी राजनितिक पुर्वाग्रही साँधेर समाचार प्रकाशन गरेको प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

समाचारमा आएजस्तो मुद्धा हाल्ने व्यक्ति भनिएका चारै जना वडा अध्यक्षहरुले प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । वडा नम्बर ३ का अध्यक्ष नारायणकाजी कार्की, वडा नम्बर ५ का अध्यक्ष निमराज तामाङ, वडा नम्बर ६ का अध्यक्ष दिनेश कुमार राई र वडा नम्बर ७ का अध्यक्ष सगुजित राईले त्यसमा आफुहरुको कुनै संलग्नता नरहेको भन्दै आपति जनाएका हुन् ।
विज्ञप्तीमामार्फत गाउँपालिकामा कुनैपनि अनियमितता नभएको र गाउँपालिकाको केन्द्रको मुद्धासमेत फिर्ता लिई गाउँपालिकाको वृहत्तर विकासका लागि एक ढिक्का भएर लागि परेको अवस्थामा गलत प्रचार गरिएको भन्दै भ्रम सिर्जना गर्नेलाई कानुन बमोजिम कारवाहीको माग गरिएको छ ।

गाउँसभाले पारित गरेको गाउँपालिकाको नीति, कार्यक्रम र बजेटको अधिनमा रहि हरेक योजना र कार्यक्रम समन्वयात्मक ढंगले पारदर्शी रुपमा कार्यान्वयन गरिएको विज्ञप्तीमार्फत स्पष्ट पारिएको छ । ‘ऐन, कानुनको अधिनमा रही विधिअनुरुप उपभोक्ता समिति गठन गरी योजनाको अनुगमनदेखि योजनाको फरफारकसमेत वडा अध्यक्षको अनुगमन र किटानी सिफारिस साथै उपाध्यक्षको संयोजकत्वमा रहेको अनुगमन समितिको प्रतिवेदनको आधारमा मात्र गरिदै आएको छ’ विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

जनचाहानाअनुसार विकासले फड्को मार्दै गरेको अवस्थामा विखण्डीत मानसिकता भएका व्यक्तिहरुलाई समेत जनताको पक्षमा रहेर आफ्नो गतिविधि अगाडि बढाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार