डा. शिव सुवेदीको ‘बाँचेको छु धन्न’ (भिडियो सहित)

सोलुखुम्बु – २०६० सालपछि ‘यो मायाले पिरै पार्नी हो’ बोलको दोहोरी गीतबाट लोक यात्रा शुरु गरेका शिव सुवेदीले एकपछि अर्को सफल मर्मस्पर्शी गीत सार्वजनिक गर्दै आए ।

भर्खर भू–विज्ञानमा विद्यावारिधी गरेका उनी शिव सुवेदीबाट डा. शिव सुवेदी भएका छन् । अध्ययन र संगीतलाई एकसाथ अघि बढाएका डा. सुवेदीलाई दुवै विधामा सफलता मिलेको छ । उनै डा. सुवेदीको सृजनामा मर्मस्पर्शी दोहोरी गीत ‘बाँचेको छु धन्न’ बजारमा छन् । वियोगान्त र दुखका भावना मिसिएका शब्द सृजनामा बाहिर मानिएका उनको पछिल्लो गीत पनि उत्तिकै अब्बल देखिएको छ ।

विक्रम परियार र समिक्षा अधिकारीको स्वरमा रेकर्ड गरिएको गीतलाई शिव सुवेदी यूटुव च्यानलबाट सार्वजनिक गरेका छन् । यसअघि सर्जक डा. सुवेदीले ‘गरीबका गीत’ शिर्षकको प्रगतीशील गीत सार्वजनिक गरेका थिए । देवेन्द्र बब्लुको निर्देशन रहेको भिडियोमा गौरव पहाडी, आशा खड्का लगायतले जीवन्त अभिनय गरेका छन् ।

डा. सुवेदीले अध्ययनमा पाएको सफलताले समग्र नेपाली संगीतको इज्जत पढाएको अग्रज कलाकर्मीले प्रतिक्रिया दिएका छन् । अधिकांश संगीतकर्मीको शिक्षामा प्रश्न उठिरहेको बेला डा. सुवेदीले बौद्धिक जवाफ दिएको भन्दै उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

डा. सुवेदीका यसअघिका चाहे ‘घाम जस्तो चम्किलो जुन हुदैन्’ चाहे ‘घामले नी पोल्दियो’ वा ‘कल्पनामै भएनी देख्छु भनेको’ या ‘भुल्नै भयो धौ’ यी सृजनाहरु लोक पारखीको दिलमा अडिएको छ । त्यसबाहेक ‘यत्ति जान्न मन छ’, ‘दुखमा साहारा’ ‘भूमरीमा परे भने म’बोलको गीतलाई पनि दर्शक स्रोताले मन पराएका थिए । सुवेदीको ‘खै हाम्रो दिलमा त घामै लागेन’ नेतृत्वलाई खबरदारी गर्ने गीतको भूमिकामा अब्बल रह्यो ।

गुणस्तरिय सृजनाका सफल सर्जक डा. सुवेदीलाई पछिल्लो लोक कृति ‘बाँचेको छु धन्न’लाई सफलताको शुभकामना !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार