माप्य दुधकोशी : स्वच्छ र स्वस्थ्य मासुका लागि बधशाला

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले मानव स्वास्थ्यलाई ध्यानमा राख्दै व्यवस्थित वधशाला सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको लगानीमा वडा नम्बर ३ स्थित मौरीखोला नजिकै आवश्यक संरचना निर्माण गरि बधशाला संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । उक्त बधशालाबाट स्वच्छ र स्वस्थ्य मासु विक्री सुरु गरिएको छ ।

व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि बधशाला कार्यविधि बनाउने गाउँपालिकाको तयारी छ । प्रत्यक्ष रुपमा जनस्वस्थ्यसँग जोडिएको विषय भएकाले कार्यविधि नै बनाएर दीर्घकालिन संचालनको योजना बनाएको अध्यक्ष राइले बताए । उक्त बधशालामा तयार पारिएको स्वच्छ र स्वस्थ्य मासु गाउँपालिका भित्रको माग अनुसार आपुर्ती गर्ने सोच बनाइएको छ ।

त्यस्तै, वडा नम्बर १ जुभिङमा सञ्चालनमा रहेको बधशालालाई थप व्यवस्थित बनाएर पर्यटकीय क्षेत्र खुम्बु क्षेत्रको मागलाई धान्ने गरी संचालन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार