विपि जयन्ती : नेचामा वृक्षारोपण

सोलुखुम्बु – नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (विपि)को १०७ औँ जन्मजयन्ती आज मनाइँदै छ । सोही अवसरमा सोलुखुम्बुको नेचा स्थित हिमालदर्शन क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र क्याम्पस अन्तरगत स्वतन्त्र विद्यार्थी यूनियनको संयुक्तको आयोजनामा क्याम्पस परिसरमा धूपी, इपिलइपिल, बकाइनोको विरुवा रोपण गरिएको छ । वृक्षारोपणपछि भएको अन्तरक्रियात्मक कार्यक्रममा विपिको योगदानको चर्चा परिचर्चाका साथै शुभकामना आदानप्रदान गरिएको थियो ।

नेविसंघ सोलुका सचिब तथा स्ववियूका सभापति उद्योग राईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेचासल्यानका सभापति नीर कुमार शर्मा, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष लाल प्रसाद बास्तोला, हिमालदर्शन क्याम्पसका प्रमुख बसन्त कुमार शर्मा लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार