जनताका मुद्धामा बोल्न नसके कांग्रेसको अस्तित्व रहदैन् – कांग्रेस नेता शेर्पा

  सुमेरु संबाददाता

सोलुखुम्बु – नेपाली कांग्रेसका वैचारिक नेता आङगेलु शेर्पाले जनताका मुद्धालाई उठाउन नसके कांग्रेसको अस्तित्व नरहने बताएका छन् । योहो बहसमा पत्रकार जीवराम भण्डारीसंग कुराकानी गर्दै कांग्रेस नेता शेर्पाले जनताको वास्तविक मुद्धा समाधानमा मूलधारको पार्टी संवेदनशील नबन्ने हो भने जुनसुकै राजनितिक दलको पनि अस्तित्व सकिदै जाने बताए ।

‘कांग्रेसको हकमा पनि त्यहि कुरा लागू हुन्छ ।’ उनले भने, ‘जनताको पिडा नबोल्ने हो भने असांगठनिक समूह हावी हुन्छ । त्यसले मूल धारको राजनितिक दलहरु कमजोर बन्नेछ भने देशमा अराजकताले प्रसय पाउँदै जान्छ ।’ राजनितिक दलहरु बेलैमा सचेत हुनुपर्ने नेता शेर्पाको भनाई छ ।

नेकपा नेतृत्वको सरकारले मच्चायाएका हरेक विषयमा पार्टीले संसद भित्र र बाहिर उठाएको कांग्रेस नेता शेर्पाको दाबी छ । उनले भने, ‘यो चाँही सत्य हो की सरकारले उठाएको गलत कदममा सडक आन्दोलन लगायतका क्रियाकलाप गरेनौँ ।’ उनले दह्रो प्रतिपक्षको भूमिकामा कांग्रेस उभिएको दाबी गरे ।

अन्तरवार्ता हेरौ, भिडियोमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार