विवाहित मूनामा यसरी जाग्यो दौडने सपना

  सुमेरु संबाददाता

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु (नुनथला)की मूना राईले विवाह पछि जीवन बुझिन् । दुई सन्तानकी आमा मूनाले अहिले म्याराथनको सपना साँचेकी छिन् ।

गाउँमा दुखमा हुर्किएकी मूनाले घाँस दाउरा, मेलापात गरेरै टाक्सिन्दु माविबाट एसएलसी उत्र्तिण गरिन् । शिक्षालाई एसएलसी भन्दा अघि बढाउन नसकेकी उनले कक्षा ११ मा पढ्दै गर्दा प्रेम विवाह गरिन् । उनी भन्छिन्, ‘अल्लारेमा भविष्य सोचिएन, कुनै सपना देखिएन । स्कुले जीवनमा मायाप्रेममा परियो । एसएलसी लगत्तै विहे पनि गरे ।’ उनले गाउँकै एक यूवासंग प्रेम विवाह गरेकी हुन् । घरगृहस्थी गरिरहेकी मूनाको सपना एकाएक फेरिएको छ । जव, उनी पहिलो पटक फाप्लु–नुनथला ९३० कि।मी० दोडिइन् । तव, उनको मनमा केही गर्न सक्छु की भन्ने आशाको जन्म भयो । मूना भन्छिन्, ‘मिनि म्याराथुनमा सहभागी बन्ने योजनै थिएन् । श्रीमान् र फुपुको हौसलाले सहभागी बने । सोभाग्यवस तृतीय बने ।’

सो म्याराथुनमा इटालीका महिला धावकहरु पनि सहभागी थिए । टाक्सिन्दुमा अनाथ होस्टल उद्घाटनको समयमा मोन्भिसो फाउण्डेशनले आयोजना गरेको म्याराथुनमा सहभागी बनेपछि बढेको हौसलाकै कारण मूना अर्को म्याराथुन प्रतियोगीतामा पनि सहभागी बनिन् । सोलुदुधकुण्ड नगरपालिका क्षेत्रको आन्तरिक पर्यटन प्रर्वद्धनका लागि द स्मल वल्र्ड ९टिएसडब्लु०को आयोजनामा भएको फाप्लु–नुनथला (३० कि.मी.) म्याराथुनमा दोडिइन् । सो प्रतियोगीतामा उनी प्रथम बनिन् ।
उनी भन्छिन्, ‘प्रथम हुने इच्छा थियो तर हुम्ला नहुम्ला निकै दोधारमा थिए । बीच भाग तिर गएपछि आफ्ना सहकर्मीहरु निकै पछाडी देखेपछि प्रथम हुने विश्वासले डेरा जमायो ।’ त्यसपछि विवाहित महिलाले पनि केही गरेर देखाउन सकिन्छ भन्ने आत्मविश्वास दरिलो बन्दै आएको उनी बताउछिन् । ‘खेलकुदले स्वस्थ राख्न मद्यत गर्छ नै । त्यसको अलवा प्रतिष्ठा पनि मिल्दो रहेछ । त्यसकारणले धाविका बन्ने सपना बुन्न थाले’ उनले भनिन् ।

मूनाको सपनामा उनका श्रीमानले पनि हौसला थपेका छन् । ‘आँट छ भने अघि बढ भन्नुभएको छ । जीवन साथीकै दरिलो आँट नपाएपछि पछि हट्ने कुरै भएन ।’ उनले भनिन्, ‘अहिले नियमित अभ्यास गरिरहेको छु । कोरोनाका कारण लकडाउन नभएको भए जिल्ला बाहिरका म्याराथुन प्रतियोगीतामा जाने तयारी गरेको थिए । लकडाउन भयो, पुर्वनिर्धारित कार्यक्रम पनि रद्ध भयो ।’ मूनाले भनिन् ।

खेल क्षेत्रमा रुची राख्ने मूना संम्मिलत भलिबलको टिमले थुलुङ दुधकोशी गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङ शिल्डमा प्रथम भएको थियो । उनी सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट निर्माण गरिएको टिममा सहभागी थिइन् । उनीमा आफ्नो सपना भन्दा पनि दुई सन्तानको भविष्यको चिन्ता बढि छ । ‘तर सन्तानको शिक्षादिक्षा संगै विवाहित महिलाले पनि समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण पेश गर्नुछ ।’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार