‘रित्तो गोजी’मा टिका र विरही (भिडियो)

  सुमेरु संबाददाता

सोलुखुम्बु – चाडपर्व नजिकिदै छ, दशैँ तिहार । लोक कलाकारहरुले पर्व विशेषका गीतहरु धमाधम सार्वजनिक गरिरहेका छन् । त्यही भिडमा एउटा मार्मिक गीत थपिएको छ ।

‘रित्तो गोजी’नाम दिइएको गीतमा घमन राना मगर र निरा छन्त्यालको स्वर रहेको छ । गीत सृजना घमनको हो । गीतमा संगीत संयोजन विरही बस्यालले गरेका हुन् । उनी एरेन्जरको भिडमा नयाँ हुन् । सायद, उनको संगीत संयोजनमा बनेको पहिलो गीत नै ‘रित्तो गोजी’हो ।

जब चाडपर्व आउँछ, तब गरिबहरुको रहर र अभाव बीचको व्यथा बल्झिन्छ । सोही यर्थाथ गीतमा झल्किन्छ । भिडियोमा वास्तविकता दर्शाउन खोजिएको छ । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा गायिका टिका सानु र विरही बस्यालले अभिनय गरेका छन् ।

सम्पन्न डिजिटलको यूटुव च्यानलबाट अपलोड गरिएको गीत ‘रित्तो गोजी’लाई सफलताको शुभकामना !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार