अधिबेशनको पुर्वसन्ध्यामा सोलु काँग्रेसमा गुट परिवर्तन तिब्र

थुुलुङ दुधकोशी र सोलुदुधकुण्डमा प्रभावशाली नेताले छाडे केसी समुह

  सूमेरु संबाददाता

सोलुखुम्बु – १४ औँ जिल्ला अधिबेशनको पुर्व सन्ध्यामा नेपाली काँग्रेस सोलुखुम्बु भित्र नेताहरु विच गुट परिवर्तनले तिब्रता पाएको छ ।

वडा अधिबेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरुको माहोलले पालिका, प्रदेश सभा तथा जिल्ला अधिबेशनको संभावित नतिजाको आंकलन पछि नेताहरु गुट परिवर्तनमा अग्रसर बनेका हुन् । यही क्रममा थुलुङ दुधकोशी गाउँपालिकामा १ दर्जन भन्दा बढी प्रभावशाली नेताहरुले पुर्व मन्त्रि बलबहादुर केसीको समुह छाडेर पुर्व पार्टी सभापति आङगेलु शेर्पाको समुह रोजेका छन् ।

पुर्व जिल्ला सदस्य बलबहादुर बस्नेतले पालिका सभापतिमा उम्मेदवारी दिने गरि विचार समुह नै परिवर्तन गरेका छन् भने पुर्व जिल्ला सदस्य कान्तिराज थुलुङ, पार्टीका पुर्व महाधिबेशन प्रतिनिधि धर्मपुजन सुनुवार, पार्टीका प्रचार विभाग सदस्य नविन थापा, नेविसंघ उपाध्यक्ष नविन बस्नेत पनि खुलेर पुर्व पार्टी सभापतिको विचार समुहमा लागेका छन् ।

त्यस्तै थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष सविता राई पनि सोही समुहबाट महत्वपूर्ण पदमा उम्मेदवारी दिने तयारी स्वरुप उक्त समुहले आयोजना गरेको औपचारिक तथा अनौपचारिक छलफलमा सामेल भईरहेकी छिन् ।

यता पुर्व पार्टी सभापतिको समुहबाट भने सोलुदुधकुण्ड नगरपालिका २ का वडा अध्यक्ष मिङमारदोर्जी शेर्पा नगरसभापतिमा उम्मेदवार बन्दै केसी समुहमा खुलेर लागेका छन् । त्यस्तै नगरपालिका भित्र महिला नेतृहरु गान्धिमाया तामाङ, शारदामाया तामाङ, राधिका शाक्य सरिता राई लयागत समुह परिवर्तन गरि पुर्व पार्टी सभापति शेर्पाको समुहमा सक्रिय भएका छन् ।

उनीहरुले नगरपालिका क्षेत्र भित्र राम्रो पक्कड राख्ने जनाईएको छ । त्यस्तै केसी समुहमा रहेका दर्जन बढी युवा नेताहरुले आफ्नो स्थान सुरक्षित हुने गरि समुह परिवर्तनका लागि काँग्रेस नेता शेर्पासँग लगातार सम्बाद गरिरहेको स्रोतले दाबि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार