ओखलढुंगा आउँदै गरेको जिप मन्थलीमा खस्दा तीन जनाको मृत्यु

  सूमेरु संबाददाता

सोलुखुम्बु — काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दु’र्घ’टनाग्रस्त हुँदा तीन जनाको मृ’त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृ’त्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घा’इते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दु’र्घ’टनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दु’र्घ’टना हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार