सोलु प्रदेश ‘क’ काङ्ग्रेस सभापतिमा रोशन बाबु थुलुङको उम्मेद्वारी घोषणा

थुलुङ भन्छन्, ‘इमानदारीपुर्वक जनताको सेवामा लाग्छु’

  सूमेरु संबाददाता

सोलुखुम्बु – सोलुखुम्बु प्रदेश ‘क’ को नेपाली काङ्ग्रेसको सभापति पदमा रोशन बाबु थुलुङले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा क्षेत्रिय सभापतिका लागि उम्मेद्धार बन्ने घोषणा गरेका हुन् ।

थुलुङले भने, ‘म विद्यार्थी राजनिति देखि नै काङ्ग्रेस पार्टीमा आबद्ध रही सक्रिय छु । राजनिति र समाज सेवालाई एकैसाथ अघि लैजान चाहन्छु । यो पटक प्रत्यक्ष रुपमा पार्टीको क्षेत्रिय सभापति बनेर जनताको सेवामा समर्पित हुन चाहन्छु ।’

पार्टीमा इमानको राजनिति आवश्यक रहेको क्षेत्रिय सभापतिका उम्मेद्वार थुलुङले बताए । ‘इमानदारपुर्वक जनताको सेवा लाग्ने प्रण गरेकाले पनि मलाई क्षेत्रिय प्रतिनिधिहरुले मत दिएर विजय गराउनुहुनेछ भन्ने पुर्ण आशा राखेको छु ।’ उनले भने ।

उम्मेद्वार थुलुङ २०४६ सालको जनआन्दोलन देखि नेपाली काङ्ग्रेसको राजनितीमा सक्रिय छन् । काङग्रेसको राज्य प्रशासन विभागका केन्द्रीय सदस्य समेत रहेका थुलुङले विद्यार्थी राजनिती देखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

काङ्ग्रेसको सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिको महासचिवको जिम्मेवारी सम्हालिसकेका उनी सामाजिक संस्था नेले विकास समाजको अध्यक्ष समेत बनिसकेका छन् । थुलुङ दुधकोशी गाउँपालिका १ नेले स्थित जीवनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिको सदस्य समेत बनेका उनी निरन्तर राजनिती र समाज सेवामा निरन्तर सक्रिय छन् ।

वडा अधिवेशन सम्पन्न गरेको कांग्रेसले स्थानीय तहस्तरिय अधिवेशन बाहेकका अबिधेशन दशैँ पछि गर्ने बारे छलफल शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार