सोताङ्गे दाजुभाईको मार्मिक गीत (भिडियो)

  सूमेरु संबाददाता

काठमाण्डौँ – गायिका सुदिता राईको स्वरमा रेकर्ड गरिएको ‘दशैँ आयो, तिहार आयो’को मेल भर्सन सार्वजनिक गरिएको छ ।

गौतम सागर राईको सृजनामा तयार भएको मेल भर्सनमा नविन राईले स्वर भरेका छन् । यो गीत संगै नविनले नेपाली संगीत यात्रा शुरु गरेका छन् । गौतम सागरले यो गीतबाट आफ्नै भाईलाई डेब्यू गराएका छन् ।

नविन गाउँघर र विद्यालय तहमा हुने गायन प्रतियोगीतामा सहभागी बन्ने गर्थे । आफ्नै दाईको गीतबाट गायनमा डेब्यू गर्न पाउदा निकै हर्षित बनेको उनको प्रतिक्रिया छ ।

मनोज साङ्सोन राईको संगीत संयोजन रहेको गीत राजु कार्कीले मिक्सिङ गरेका हुन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको लिप्सिङ भिडियो जस्केलो क्रियशनले गरेको छ ।

चाडपर्वको संघारमा घरदेशीले परदेशीलाई याद गरेको प्रेमिल बिम्ब प्रस्तुत गरिएको छ । गीतलाई गौतम सागर राईको अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गौतम सागर ६ बर्ष देखि अमेरिकाको कोलोराडोमा बस्दै आएका छन् । उनले यसअघि ‘सिमापारी’, ‘परदेशिको याद’, ‘मुलबाटो’ ‘नौलो परदेशी’ लगायतका गीत संगीत सार्वजनिक गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार