राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीविच एकीकरण

संयोजकमा पोखरेल

  सुमेरु संबाददाता

खोटाङ, चैत्र २१

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीविच एकीकरण गरी राप्रपा संयुक्त जिल्ला कार्य समिति गठन गरिएको छ ।

धर्मराज पोखरेलको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । समितिको सह संयोजकमा महेश वस्नेत, चन्द्र कुमारी राई, चन्द्र वुढाथोकी, मान वहादुर वस्नेत, सचिवमा गंगा श्रेष्ठ, सह–सचिवमा पितनाथ खतिवडा र कोषाध्यक्षमा तिलक प्रसाद आचार्य छन् ।

राप्रपा संयुक्तका केन्द्रीय सदस्य एवं जिल्ला समायोजन संयोजक धु्रव रायमाझी र केन्द्रीय सदस्य विजयकला राईको उपस्थितीमा बिहीबार दिक्तेलस्थित पार्टी कार्यालयमा समिति गठन गरिएको हो ।

पार्टी एकीकरण पछि संयोजक पोखरेलले पार्टी ठूलो सानो नहुने बताए । भिजन र मिशन प्रष्ट भए पार्टी आफै ठूलो भएर जाने पोखरेलको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार