राष्ट्रिय खेलकुदमा प्याराग्लाईडिङमा सोलुका तेम्बा पनि

  सुमेरु संबाददाता

सोलुखुम्बु, चैत्र २९

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ तर्फ कुल प्रदेश १ बाट सोलुखुम्बुका तेम्बा शेर्पा सहभागि हुन पाउने भएका छन् ।

प्रदेश १ को तर्फबाट ३५० जना खेलाडीलाई उछिन्दै ५ जनाको सुचिमा समावेश भएसँगै तेम्बाको सहभागिता सुनिश्चित भएको हो ।
राष्ट्रिय खेलकुदको इतिहासमानै पहिलो पटक प्याराग्लाइडिङ पोखरामा बैशाख ६ गतेदेखि ९ गते सम्म हुने प्रतियोगितामा शेर्पा सहित प्रदेश १ बाट ५ जनाले सहभागिता जनाउने भएका छन् ।

कुल ६ वटा स्वर्ण पदकका लागि विभागिय टोली नेपाली सेना र प्रदेशका तर्फ बाट ४६ पुरुष र ९ महिला खेलाडी भिड्ने छन् । सोलुदुधकुण्ड नगरपालिका एक नम्बर वडा टाक्सिन्दुका तेम्बाले ८ बर्षदेखि ब्यवशायीक प्याराग्लाइडिङ गर्दै आएका छन् ।

सन् २००९ मा फ्रान्सबाट अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ लाईसेन्स लिएका शेर्पाले प्रतियोगितामा जिल्ला तथा प्रदेशको शान कायम राख्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार