सोलुदुधकुण्डमा ‘बीमा’ अन्तरक्रिया

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख ८

बीमा समितिले सोलुदुधकुण्ड नगरपालिकाका जनप्रतिनिधि सहित सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कार्यक्रममा नेपालको वित्तिय प्रणाली, नेपालको बीमा बजार, न्युन आय भएका वर्गमा बीमाको पहुँच विस्तार, बीमा विस्तारमा स्थानीय तहको भूमिका लगायतको विषयमा छलफल गरिएको थियो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीबि चाँपागाईले सरकारले लिएको कृषि मार्फत आत्मनिर्भर र स्वरोजगार भन्ने कार्यक्रमलाई लक्षित गरी मूलुकभर बीमाको कार्यक्रम संचालन गर्ने बताए । सरकारले ल्याएको कृषि बाली बीमा र सम्पत्ति बीमालाई सबैको पहुँचमा पु¥याउन ‘स्थानीय तहसंग बीमा समिति’ कार्यक्रमको शुरुवात गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका सबै वडाका अध्यक्ष तथा सदस्यहरु, कृषि प्राविधिक, बैक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु, जिल्लास्थित जीवन बीमा र निर्जिवन बीमा कम्पनीका प्रतिनिधिहरुले विभिन्न बीमामा देखिएका समस्या, प्रष्ट नभएका विषयलाई जिज्ञासा राखेका थिए । हाल नेपालमा २० निर्जिवन बीमा कम्पनी, १९ जीवन बीमा कम्पनी र एक पुर्नबीमा कम्पनी रहेका छन । जीवन बीमाको क्षेत्रमा १७ प्रतिशत जनताको मात्र पहुँच रहेको तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार