‘अन्तरजातीय विवाह’पछिको अर्को शसक्त सृजना –विष्णु खत्रीको ‘विचल्ली’

नेपाली समाजको यर्थाथतामा आधारित

  शिखर जंग श्रेष्ठ

कहिले ‘जम्मु काश्मिरमा’, कहिले ‘भरिया दाई’ त कहिले ‘किसानी दाई’को कथा व्यथा । द्धन्द्धका बेला ‘कि सास चाहियो’गीत गाएका उहि विष्णु खत्रीको ‘अन्तरजातीय विवाह’पछिको अर्को शसक्त सृजना ‘विचल्ली’ डिजिटल बजारमा आएको छ । जुन, पछिल्लो सामाजिक यर्थाथतामा आधारित छ ।

जातीयता बीचको विभेदको उत्कर्षका बेला अन्तरजातीय विवाह जस्तो सन्देशमूलक गीत बजारमा ल्याएर जातीय समानतामा भूमिका खेलेका गायक तथा सर्जक खत्रीले वैदेशीक रोजगारीले बिग्रेको घरको कथालाई मार्मिक रुपमा प्रस्तुत गरेका छन् । परदेशीलाई पैसा प्यारो हुदा वैशालु श्रीमतीको चालाले घर बिग्रेको र बालबच्चाको विचल्ली यहि नेपाली समाजको वास्तविक कथालाई उनले लोकसंगीतको मालामा उनको छन् ।

शब्द लेखन, भाका सृजना र गायनमा अब्बल ठानिएका खत्रीको गीतको भिडियोमा उनी आँफैले अभिनय गरेका छन् । उनलाई साया भण्डारी, दिलिप रेग्मी र प्रल्हाद सुवेदीले अभिनयमा साथ दिएका छन् । भिडियोमा शिक्षा थापा र आविस्कार थापाले बालकलाकारको भूमिका निर्वाह गरेका छन् । जुन, कारुणाीक छ । सागर विरहीको दमदार संगीतसंयोजन रहेको गीतको भिडियो निर्देशन दिलिप रेग्मीले गरेका छन् । जुन भिडियोले समाज सुधारका लागि गतिलो सन्देश प्रवाह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार