महाकुलुङमा माटो परिक्षण र बाली उपचार शिविर

सयौ कृषक लाभान्वित

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख ११

महाकुलुङ गाउँपालिकामा सम्पन्न माटो परिक्षण र बाली उपचार शिविरबाट सयौँ कृषकहरु लाभान्वित भएका छन् । जिल्ला कृषि ज्ञान केन्द्र र गाउँपालिकाको कृषि शाखाको संयुक्त आयोजनामा सोमबार र मंगलबार दुईसम्म चलेको शिविरमा १३५ कृषकले माटो परिक्षण गराएका छन् भने ४० कृषकले कृषिबालीमा देखिएका रोगहरुको उपचार गराएका छन् ।

बुङ, छेस्काम र गुदेलका कृषकले गराएको माटो परिक्षणमा पिएच कम देखिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख झलकनाथ कँडेलले माटोको पिएच ४.७ देखि ५.८ सम्म पहिचान गरिएको बताए । माटोमा पिएच न्यून हुदा खाद्यतत्व विरुवाको बृद्धिविकासमा लाग्न नपाउने भएकाले कृषि चुनको प्रयोग गरि पिएच बृद्धि गर्न सकिने कँडेलले बताए ।

कृषकहरुले बन्दा, काउली, आरु, नास्पती, आरुबखडा, सिमी, केरा, मकै, प्याज, कात्र्रmो, फर्सी, सुन्तला, निबुवा लगायतका बाली उपचारका लागि ल्याएका थिए । ति बालीहरुमा डडुवा, पातबेरुवा, गवारो, लाई र झुसिलकिराको समस्या देखिएको महाकुलुङ गाउँपालिका कृषि शाखाका प्रमुख पवित्रा राईले जानकारी दिए ।

दुर्गम गाउँमा माटो परिक्षण र बाली उपचार शिविर संचालन भएकोमा कृषकहरुले राहत महसुस गरेका छन् । खेति गर्दै आएको माटोका उत्पादकत्वको अवस्थाको बारेमा थाहा पाएकाले माटोको पिएच बृद्धि तर्फ लाग्ने लाभान्वित कृषकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार