दिप्रुङमा पोषण सम्वन्धी लोक दोहोरी प्रतियोगीता

  सुमेरु संबाददाता

खोटाङ, बैशाख १३

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बहुक्षेत्रीय पोषण सम्वन्धी लोक दोहोरी प्रतियोगीता आयोजना गरेको छ । गाउँमा बहुक्षेत्रीय पोषण सम्वन्धी सचेतना फैलाउनका लागि गाउँपालिकाले नयाँ वर्षको अवशर पारेर बुधबार पोषण सम्वन्धी लोक दोहोरी प्रतियोगीता गरेको हो ।

‘भान्छा सँधै चार, पोषिलो खानुपर्ने हुन्छ बारम्बर’ बोलको लोकदोहोरी गीतमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँकी कृष्णकुमारी कट्वालको समुह प्रथम, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुकी रमा बस्नेतको समुह दोश्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीकी रमा कट्वालको समुह तेश्रो भएका छन् ।

लोक दोहोरी प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त समुहलाई क्रमशः ५ हजार २५०, ३ हजार ७५० र २ हजार २५० रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले पुरस्कार हस्तान्तरण गरेका छन् । याङ्सोलाटारस्थित गाउँपालिकाको प्रांगाणमा आयोजना गरिएको लोक दोहोरी प्रतियोगीतामा ७ वडाका १४ समुहको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार