दोर्पामा दोहोरी गीत र नृत्य प्रतियोगीता

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख १८

दोर्पा लोक सांस्कृतिक परिवारको आयोजनामा बैशाख १४ गते लोक दोहोरी गीत र एकल नृत्य प्रतियोगीता सम्पन्न गरिएको छ । हिमाल मिडिया ग्रुपको सक्रियतामा भएको कार्यक्रममा दोहोरी गीत तर्फ पवन परियारको समूह प्रथम भएको छ । परियारको समूहमा मेनुका चाम्लिङ र गंगा विश्वकर्मा रहेका थिए ।

प्रतियोगीतामा गीत योन्जनको समूह द्धितीय भएको छ । योन्जनको समूहमा तस्बिरा तामाङ र जीवन चाम्लिङ समेत रहेका थिए । सुरज बडैलाको समूह तृतीय भएको छ भने सन्तोष राईको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । विजेता समूहलाई नगद ७ हजार, ५ हजार, ३ हजार र एक हजारको साथमा प्रमाणपत्र वितरण गरिएको छ ।

एकल नृत्य प्रतियोगीता तर्फ निमा राई प्रथम भएकी छिन् । प्रतियोगीतामा एलिका राई द्धितीय र अनिषा हिङमाङ तृतीय भएका छन् भने अर्चना बुढाथोकीले सान्त्वना स्थान हासिल गरेकी छिन् । विजेतालाई ५ हजार, ३ हजार, एक हजार ५ सय र एक हजार नगद सहित प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा गायक बुद्ध खत्री, हर्क गदाल र अर्जुन नेपालीले आ–आफ्ना प्रस्तुती दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार