‘फानी’ आधिँको प्रभाव – तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २०

समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावनाको पुर्वानुमान गरिएपछि जिल्लाका अतिव्यस्त तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द गरिएको छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर र जहाज नउडाउन अनुरोध गरेपछि विश्वकै १० जोखिम मध्येको एक विमानस्थल तेन्जिङ हिलारी विमानस्थल बन्द गरिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए । उनले भने, ‘मध्यान्न १२ बजेसम्म उडान गरिएको थियो । आजको उडान मध्ये करिब ६० प्रतिशत सकिएको छ ।’ भोली उडान गर्ने नगर्ने विषय मौसममा भर पर्ने अधिकारीले बताए ।

पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आग्रह गरेको छ । फानी आधिँको प्रभाव पर्ने संभावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ । मौसम प्रतिकुल रहे भोली पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए । उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार