टाप्टीङमा क्षयरोगको सर्वेक्षण गरिने

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २०

सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङमा क्षयरोग सर्बेक्षण गरिने भएको छ । बुधबार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको पालिकास्तरिय पूर्व तयारी कार्यक्रममा नेपालका ५५ जिल्लाबाट छनौट भएका ९९ वडाहरु मध्ये सोलुखुम्बु जिल्लाको टाप्टिङ पनि छनौटमा परेकाले सर्वेक्षण गरिने जानकारी दिईएको हो ।

सर्वेक्षण कार्यक्रम अनुसार त्यस वडा र आसपासका वडाहरुका ५०० भन्दा बढीको क्षयरोग परिक्षण गरिनेछ । नगरपालिकाका मेयर नाम्गेल जाङबु शेपाले क्षयरोग निवारणमा सर्वेक्षणले टेवा पुग्ने विश्वास व्यक्त गरे । सर्वेक्षण अभियान हरेक वडामा आवश्यक रहेको उनको भनाई थियो । जानकारी कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि लगायत स्वास्थ्य क्षेत्रका स्वयम्सेवकहरुको उपस्थित भएका थिए ।

नेपालमा क्षयरोगको अवस्था थाहा पाउनका लागि क्षयरोग भएका जिल्लामा स्याम्पलको रुपमा वडालाई छनौट गरिएको राष्ट्रिय क्षयरोग केन्द्रका संयोजक अनिल थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार