सोलुको वन तथा वातावरण संरक्षणमा ठोस कदम चाल्न ध्यानाकर्षण

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २१

प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिबार सांसद राईले संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतलाई भेटेर हिमाली जिल्ला सोलुखुम्बुको वन तथा वातावरण संरक्षणमा ठोस कार्यक्रम डिजाइन गर्नका लागि आग्रह गरे । उनले विश्वकै सर्बोच्च शिखर सगरमाथा रहेको जिल्लामा जलवायू परिर्वतनको असर बर्षेनी बढ्दै गईरहेकोले वातावरण संरक्षणमा केन्द्रिय सरकारले ध्यान दिनुपर्ने बताए ।

‘जिल्लामा एक हजार भन्दा बढि मेगावाटको हाईड्रोपावर संचालनमा रहेकाले पनि वन तथा वातावरण जोखिममा परेको छ ।’ सांसद राईले भने, ‘ति प्राकृतिक सम्पदाको संरक्षणका लागि पनि सरकारले संरक्षणको ठोस कदम चाल्नुपर्छ ।’ समयमै वातावरण संरक्षणमा चासो नदेखाएर पछुताउनुको विकल्प नहुने उनको भनाई छ ।

मन्त्रीसंगको भेटमा नेकपाका प्रदेश सदस्य धु्रव शर्मा पराजुली र रिपोर्टस् क्लब प्रदेश संयोजक भानुभक्त निरौला समेत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार