बन्ने भयो प्रतिष्ठानको घर, मन्त्री विष्टले गरे शिलान्यास

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २१

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन शिलान्यास गरिएको छ । काठमाण्डौको टोखामा बन्ने भवनको शिलान्यास शनिबार सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका हुन् ।

मन्त्री विष्टले प्रतिष्ठानको भवन निर्माणको लागि आफ्नो साथ रहने बताए । तर कस्तो साथ भने बताएनन् । उद्यपी, अध्यक्ष बद्रि पंगेनी नेतृत्वको टोलीले एक गहन जिम्मेवारी दिएको र जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो । मन्त्री विष्टले नवआगन्तुक कलाकारलाई पनि एकैसाथ लिएर अघि बढ्न अग्रज कलाकारलाई आग्रह गरे ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुङले आफ्नो नेतृत्वमा शुरु गरिएको कलाकारको संस्थाले गरेको प्रगतीमा खुसि व्यक्त गरे । प्रतिष्ठान २०५७ सालमा स्थापना गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रमेश विजीले स्वागत गरेका थिए भने मन्त्री विष्ट लगायतका महानुभावलाई पन्चेबाजा र फूलमालाले स्वागत गरिएको थियो ।

सुविधासम्पन्न हल सहित ५ कोठे दुई तले भवन निर्माणको जिम्मा सागर एण्ड कुण्ड निर्माण सेवाले पाएको छ । भवन करिब ८३ लाखको लागतमा बन्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार