छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २२

पूर्वी भेगका छ सांसदले नेपाल सरकारलाई साझा सरोकारका योजना बुझाएका छन् । सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सुन्सरी र सिराहाका सांसदहरुले आईतबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा साझा तिन योजना बुझाएका हुन् ।

सांसदहरुले माडर–सिराहा–मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सल्लेरी हुदै खुम्बुसम्मको चार लेनको सडकलाई आगामी आर्थिक बर्ष २०७६–७७ मा समाबेश गर्न माग पत्र बुझाएका छन् । अन्तरदेशिय र अन्तरप्रदेश जोड्ने योजनालाई महत्वका साथ योजनामा समाबेश गर्न आग्रह गरिएको छ ।

निवेदनमा घुर्मी–चतरा–सुनसरी जोड्ने सडक योजनामा पार्न माग गरिएको छ । सो सडकले प्रदेश नं १ र प्रदेश नं २ जोड्नेछ । उदयपुरको घुर्मी–खोटाङको जयरामघाट–तलुवा– हुदै ओखलढुंगाको रबुवा–कुईभिर–सोलुखुम्बुको नेचा–दिप्लीघाट–जुभिङ सम्मको सडकलाई पनि केन्द्रिय योजनामा समाबेश गर्न माग गरिएको छ ।

सोलुखुम्बुका सांसद हेम कुमार राई ‘सुरवीर’, ओखलढुंगाका यज्ञराज सुनुवार, खोटाङका विशाल भट्टराई, उदयपुरको सुरेश कुमार राई, सिराहाका लिलानाथ श्रेष्ठ र सुनसरीका सांसद जय कुमार राईले योजना माग गरिएको निवेदनमा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार