प्रध्यानाध्यापकसंग ‘विद्यालय सुधार योजना’ माग गरिने

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २२

सोलुदुधकुण्ड नगरपालिकाले प्रध्यानाध्यापकसंग विद्यालय सुधार योजना माग गर्ने भएको छ ।

आईतबार नगर शिक्षा समितिको वैठकले प्रध्यानाध्यापकसंग विद्यालय सुधार योजना माग गर्ने र योजनामा समाबेश क्रियाकलापको आधारमा कार्यसम्पादन करार गर्ने निर्णय गरेको हो ।

वैठकले नगरपालिका भित्रका विद्यालयमा साझा क्यालेण्डर लागु गर्ने र यसअघि प्रध्यानाध्यापकसंगको वैठकमा उठेका विषलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको शिक्षा शाखा प्रमुख मेघनाथ शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार