सोलुमा ‘डिस्टिलरी’प्रयोगविहिन

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २३

सोलुखुम्बुमा स्याउ प्रशोधनका लागि बर्षौ अघि खरिद गरिएको डिस्टिलरीहरु प्रयोग विहिन रहेका छन् । विहिबार बागबानी केन्द्र फाप्लुले गरेको अनुगमनमा गार्मा र फाप्लुमा रहेका ३ थान डिस्टिलरी प्रयोग विहिनको अवस्थामा पाईएको हो ।

गार्माका आङबाबु शेर्पा र फाप्लुका छिरिङ तेन्जीङ लामाको घरमा राखिएको स्याउ प्रशोधन मेसिन प्रयोग नभएको अवस्थामा भेटिएको वरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए । पत्ताले क्षेत्रमा एउटा र बागबानी केन्द्रमा रहेको डिस्टिलरी पनि प्रयोगमा ल्याईएको छैन् ।

डिस्टिलरीका संचालक विदेशी भूमिमा जानु र स्याउ उत्पादनमा कमी आउनुले पनि प्रशोधन मेसिन प्रयोगमा आउन नसकेको हो । बर्षौ अघि खरिद गरिएको लाखौको मेसिन प्रयोगमा नआउनु घाटाको विषय भएको वरिष्ठ बागबानी विकास अधिकृत श्रेष्ठले बताए ।

बागबानी केन्द्रको भने पुरा सामान नभएका कारण प्रयोगविहिन बनेको हो । बजेटको व्यवस्थापन गरि बन्द रहेको प्रशोधन केन्द्र संचालनमा ल्याउने सोच अघि सारेको बागबानी केन्द्रले जनाएको छ । प्रशोधन मेसिन प्रयोगमा ल्याए किवि फलको पनि ब्राण्डी तयार पार्न सकिने संभावना रहेको प्राविधिकहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार