राष्ट्रपति रनिङशिल्डमा विरेन्द्रोदय मावि प्रथम

जिल्ला प्रथम हुनेलाई पुरस्कार घोषणा

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २३

थुलुङ दुधकोशी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा विरेन्द्रोदय मावि मुक्लि प्रथम भएको छ । गाउँपालिकाभरका ९ माध्यमिक विद्यालयमध्ये ७ विद्यालयका विद्यार्थी बीच भएको प्रतिस्प्रर्धामा २९२ अंक प्राप्त गरि विरेन्द्रोदय मावि प्रथम भएको हो । रनिङ शिल्डमा देउसा माविले २७५ अंक प्राप्त गरेको छ भने १७५ अंक प्राप्त गरि जीवनज्योति मावि काँगेल तृतीय भएको छ ।

विजेता विद्यालयलाई १५ हजार, १२ हजार र ९ हजार नगद पुरस्कार वितरण गरिएको छ । भलिबल र कबड्डी खेलमा विरेन्द्रोदय माविका विद्यार्थीले जिल्लास्तरमा हुने राष्ट्रपति रनिङ शिल्डमा सहभागीता जनाउनेछन् भने अन्य खेलमा उत्कृष्ट हुन सफल विद्यार्थीले सिङगल विधाका खेलमा सहभागीता जनाउनेछन् ।

जिल्ला प्रथम हुनेलाई पुरस्कार घोषणा

रनिङ शिल्ड प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै थुलुङ दुधकोशी गाउँपालिले खेलाडीको प्रोत्साहनका लागि पुरस्कार घोषणा गरेका छन् । जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएमा भलिबल र कबड्डी टिमलाई नगद दुई÷दुई लाख नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

रिले दौडतर्फ प्रथम भएमा चालिस हजार र सिङगल ईभेन्टस्मा प्रथम हुनेलाई दश दश हजारले पुरस्कृत गर्ने घोषणा गरिएको हो । पुरस्कार घोषणाले विद्यार्थी खेलाडीमा तयारी गर्न र प्रतियोगीतामा उत्कृष्टता प्रर्दशन गर्न प्रोत्साहन मिल्ने आशा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार