सल्लेरीमा लक्ष्मी बैँक

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २३

सोलुखुम्बुको सल्लेरीमा लक्ष्मी बैँकको शाखा संचालनमा आएको छ । बैँकको उद्घाटन सोमबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले गरे । मेयर शेर्पाले उत्पादनमूलक क्षेत्रमा कर्जा र नागरिकलाई सरल बैङिकङ सेवा प्रवाह गर्न आग्रह गरे ।

१०२ औ शाखाको रुपमा स्थापना गरिएको बैँक जिल्लाको लागि भने दोस्रो शाखा हो । यसअघि थुलुङ दुधकोशी गाउँपालिकाबाट सेवा प्रबाह गरिसकेको छ । बैँकले एटिएम सेवा समेत संचालनमा ल्याएको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राई, उप–संयोजक धर्मराज बन लगायतको उपस्थिती रहेको थियो ।

बैँकले साना तथा लघु कृषि, पर्यटन तथा महिला उद्यमशील कर्जा र बचत तथा रेमिट्यान्स सेवा प्रवा हगर्ने शाखा प्रबन्धक प्रयास अधिकारीले बताए । सरल बैंकिङ सेवामा प्रतिबद्ध रहेको अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार