चिसंखुगढिमा अध्यक्ष–कप भलिबल प्रतियोगीता हुने

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २३

ओखलढुङगाको चिसंखुगढि गाँउपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको अध्यक्ष–कप भलिबल प्रतियोगिता हुने भएको छ । गाँउपालिकाको आयोजनामा प्रथम अध्यक्ष–कप अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा हुदैछ ।

माम्खा माविको खेल मैदानमा ४ दिन सम्म चल्ने खेलमा १४ वटा विधामा पुरस्कार वितरण गरिनेछ । शिर्ष ४ टिमले एक लाख ५१ हजार एक सय ११, १ लाख एक सय ११, ५१ हजार एक सय ११ र पच्चिस हजार एक सय ११ रुपैेया प्रदान गरिने गाँउपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माले खेलकुदको विकासका लागि आगामि दिनमा पुर्वाधार निर्माण र खेलाडीहरुलाई आवश्यक प्रोत्साहनका कार्यक्रम तर्जुमा गर्दै जाने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार