आफ्नो घर बनाउन जुट्दै लोक–कलाकर्मी

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २४

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले काठमाण्डौको टोखामा निर्माण गर्न लागेको भवन निर्माणको लागि देश–विदेशमा रहेका लोक–कलाकर्मी सक्रिय बन्न थालेका छन् ।

आगामी ६ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएको भवन निर्माणको लागि प्रतिष्ठानका मानार्थ सदस्य समेत रहेका ईन्जिनियर धर्मराज पोखरेलले करिब डेढ लाखको ईन्जिनियरिङ सहयोग गरिसकेका छन् । गायक पोखरेलले भवन निर्माणको लागि दुई लाख सहयोग गर्ने बचन दिएका थिए । खोटाङ विजयखर्कका पोखरेलको डिजाईनमा प्रतिष्ठानको भवन बन्दैछ ।

भवन निर्माणको लागि विदेश शाखा सक्रिय बनेका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले पाँच लाख नगद सहयोग पठाईसकेको छ भने जापान शाखाले भवन निर्माण सहयोगार्थ सांगितीक कार्यक्रमको आयोजना गर्दैछ । उता, कोरिया शाखाले पनि कार्यक्रमको आयोजना गरि भवन निर्माणको लागि आर्थिक संकलन गर्दैछ । सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी र केनिद्रय सदस्य पुर्णकला विसी कोरिया जादैछन् ।

यता, गण्डकी प्रदेश, प्रदेश नं ५, काठमाण्डौ जिल्ला कार्य समिति, नवलपरासी, रुपन्देही, पाल्पा लगायतका प्रदेश समिति, जिल्ला र समन्वय समितिले सहयोग संकलनलाई तिब्रता दिएका छन् । केहि कलाकारले व्यक्तिगत रुपमा सहयोग घोषणा गरेका छन् । अध्यक्ष बद्रि पंगेनीले एक लाख एक सय एघार रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिष्ठानका मानार्थ सदस्य, आजिवन सदस्य, निर्वतमान पदाधिकारी तथा सदस्यहरु, पुर्व पदाधिकारी तथा सदस्यहरु र वर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले गक्ष अनुसार सहयोग गर्ने क्रम बाक्लिएको प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार