देउसाको अम्रासमा विद्यालय स्थापना

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २४

‘शैक्षिक सुधार बर्ष’ घोषणा गरेर अघि बढेको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले वडा नं ८ देउसाको अम्रासमा एक विद्यालयको स्थापना गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष असिम राईले अम्रास बालशिक्षा आधारभूत विद्यालयको उद्घाटन गरेका हुन् । स–साना बालबालिका पनि घण्टौ हिडेर माप्य दुधकोशी गाउँपालिकाको काँकु र वाकु जानुपर्ने बाध्यतालाई हटाउन विद्यालय स्थापना गरेको अध्यक्ष राईले बताए ।

‘हामीले साना बालबालिका पढुनकै लागि घण्टौ हिँडेर अन्यत्र धाईरहेको देख्यौ । कलिला बालबालिकालाई शिक्षा आर्जनका लागि सहज होस् भन्ने हेतुले बालशिक्षा आधारभूत विद्यालय स्थापना गरेका हौ ।’ अध्यक्ष राईले भने, ‘माध्यमकि तहको अध्ययनलाई सहज बनाउन आगामी बर्ष लुरमा रहेको दुधकौशीका आधारभूत विद्यालयलाई माध्यमिक शिक्षाका लागि अनुमति दिदैछौ ।’ त्यस भेगका विद्यार्थी कक्षा ८ पास गरेपछि लामो दुरीमा रहेको विद्यालयमा जान बाध्य छन् ।

शैक्षिक सुधारका लागि दरबन्दी भएर पनि विद्यार्थी नभएका केहि विद्यालय मर्ज गर्ने निति आत्मसाथ गरि अघि बढेको गाउँपालिकाले भौगोलिक विकटताले शिक्षा आर्जनमा समस्या पुगेको स्थान देउसाको अम्रासमा विद्यालय स्थापना गरिएपछि सर्वसाधारणले खुसि व्यक्त गरेका छन् ।

शिक्षक र विद्यार्थीमा मोबाईल फोन प्रयोगमा प्रतिबन्द लगाएको गाउँपालिकाले प्रध्यानाध्यापक नियुक्तीका लागि परिक्षा लिने तयारी गरिसकेको छ भने यहि शैक्षिकसत्र देखि विद्यार्थी र शिक्षकमा विद्यालय पोशाक अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार