जिल्लामा संचालित ऊर्जा तथा खनिज आयोजनालाई पारदर्शी बन्न माग

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २४

नेपाली कांग्रेस सोलुखुम्बु अन्तरगत गठित खनिज तथा ऊर्जा विभागले जिल्लामा संचालित ऊर्जा तथा खनिज आयोजनालाई पारदर्शी बन्न माग गरेको छ । विभागको वैठकले आयोजनापिच्छे सरोकार समिति गठन गरि सामाजिक उत्तरदायीत्ववापत्को रकम खर्च गर्ने बातावरणको लागि ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

मंगलबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा विभागका संयोजक भोजराज कार्कीले आगामी असार दोस्रो हप्ता भित्र आयोजनाले निजि सम्पत्ति प्रयोग गरेवापत्को मुआब्जा तथा क्षतिपुर्ती र प्राकृतिक स्रोतसाधन माथी स्थानीयको अधिकार स्थापित, स्थानीयलाई दिर्घकालिन रोजगारी, प्रभावितले पाउने संस्थापक शेयर, पुर्नबास, पुनःनिर्माण, आयोजना भित्र टे«ड यूनियन स्थापना, प्रभावित स्थानीयलाई निशुल्क विद्युतीकरण लगायतका विषयमा सरोकारवालासंग छलफल चलाउने जानकारी गराईएको हो ।

खनिज तथा ऊर्जा विभागको बैशाख २३ गते बसेको वैठकले थुलुङ दुधकोशी गाउँपालिका क्षेत्रमा दुधकोशी नदिमा निर्माण गरिने हाईड्रोपावरले पार्ने प्रभावका विषयमा ध्यानाकर्षण गराउने, निर्माणाधिन ८२ मेगावाटको तल्लो सोलुखोला लघुजलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा साविकको नेले गाविसलाई समाबेश गर्न ध्यानाकर्षण गराउने र गुनासा र समस्याको आधारमा समाधानका लागि सम्बन्धित आयोजनासंग छलफल अघि बढाउने निर्णय गरिएको संयोजक कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार