वडा कार्यालयले दियो, अशक्त परिवारलाई घर

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २५

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिम वडा कार्यालयले एक अशक्त तथा एकल महिलाको घर निर्माण गरिदिएको छ । २०७२ बैशाख १२ को भुकम्पबाट पुरानो घर भत्किएपछि वडा कार्यालयको नेतृत्वमा स्थानीय रत्न कुमारी राईको घर निर्माण पुरा गरि मंगलबार हस्तान्तरण गरिएको छ ।

सरकारबाट प्राप्त ३ लाख अनुदानमा वडा कार्यालयको अगुवाईमा संकलित दुई लाख सहयोग गरि पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको दुई कोठे एक तले घर एकल महिला राईलाई थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले हस्तान्तरण गरेका हुन् ।

दुई छोरामध्ये एक द्धन्द्धकालमा वेपत्ता भएको र अर्को सुस्त–मनस्थिती भएकाले एकल महिला समेत रहेकी राईको घर निर्माणमा सहयोग गरेको वडाअध्यक्ष भुपालसिं राईले बताए ।

वडा कार्यालयको अगुवाईमा बनेको भुकम्प प्रतिरोधी घर पाएपछि रन्त कुमारी राईले खुसी व्यक्त गरेकी छिन् । घरको चाबी बुझ्दै उनले भनिन्, ‘मैले नयाँ घर बनाउन सक्ने अवस्था थिएन, वडाले सारथी गरेपछि सुरक्षित घर पाएँ, निकै खुसी छु ।’ उनले जनप्रतिनिधिले एक नागरिकको दुख बुझेकोमा धन्यवाद समेत दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार