आनन्ददायी सृजना ‘छिपछिप पानीमा लेउ’

  सुमेरु संबाददाता

सोलुखुम्बु ।

पिरतीमा पढ्दैछु नर्सरी
माया लेख्दा हात काम्छ थर्थरी
छिपछिप पानीमा लेउ
माया के हो पाईन भेउ, कहाँ टुप्पो कहाँ छेउ, सिपालु मायाले सप्पै सिकाईदेऊ

यो सृजना सरल सृजनाका धनि गीतकार एकनारायण भण्डारीको सृजना हो । आधुनिक र चलचित्रका गीत लेखनमा पनि उत्तिकै सफल मानिएका भण्डारीले संगीत पनि तयार पार्छन् । उनैको शब्द र भाका सृजनामा तयार भएको गीत ‘छिपछिप पानीमा लेउ’ डिजिटल बजारमा ल्याईएको छ ।

करोड क्लबको लक्ष्य राखेर गीत बन्ने क्रममा यो गीतले पनि एउटा आशा बोकेर बजारमा आएको लोक–कलाकर्मीले प्रतिक्रिया दिएका छन् । सुमधुर स्वरकी धनि महंगी गायिका विष्णु माझीको स्वरमा नवगायक पिताम्बर जिसीले स्वर दिएका छन् ।

पछिल्लो समय हिट गीतमा काम गरेका आशिष अविरलको संगीत संयोजन र प्रकाश भट्टले भिडियोको निर्देशन गरेका छन् । भट्टद्धारा निर्देशित ‘लालुमै’करोड क्लबमा प्रवेश गरिसकेको छ । उनले निर्देशन गरेका ‘साईलो’ र ‘लाउछ माया’ दर्शकको माया बटुल्ने क्रममा छन् ।

सर्जक भण्डारीको व्यक्तिगत यूटुव च्यानलबाट सार्वजनिक गरिएको ‘छिपछिप पानीमा लेउ’मा नेपाली चलचित्र क्षेत्रका नायक दिलिप रायमाझी र नायिका सुरक्षा पन्त छमछमी नाचेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार