नेचामा भाईले दाईलाई छुरा प्रहार

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २६

सोलुखुम्बुमा एक व्यक्ति छुरा प्रहारबाट घाईते भएका छन् । नेचासल्यान गाउँपालिका ४ का राई दाजुभाईबीच सामान्य विवाद हुदा भाई श्याम कुमार राईले दाई मोविन राईलाई छुरा प्रहार गरेका थिए ।

बुधबार राति करिब १० बजे भएको घटनामा दाई मोविनको देब्रे कोखामा छुराले चिरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेको नेचा सामुदायीक अस्पतालमा उपचार भईरहेको छ । घाईते खतरामुक्त रहेको प्रहरीको भनाई छ । विवादको विषय खुल्न सकेको छैन् ।

छुरा प्रहारपछि श्याम कुमार राई फरार रहेका छन् । उनको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार